२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

दुई वटा मोटरसाइकल ठोक्किँदा नुवाकोटका टुलुराजसहित तीन जनाको मृत्यु

६ भदाै, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियामा दुई वटा मोटरसाइकल ठोक्किँदा नुवाकोटका टुलुराजसहित तीन जनाको मृत्यु भएको छ । प्रहरीले गएराति साढे १० बजे दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश २, ०३–००२ प ५३ ३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७ ५६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुवै मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ र बाराको निजगढ नगरपालिका-९ का १६ वर्षीय विकास साह र ५३३५ नम्बरको मोटरसाइकलको पछाडि बस्ने ३५ वर्षीया सुनैना देवी साहको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ०९:०५