३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

१० बुँदे कार्यान्वयन गर्न एमालेको आगामी बैठकमा गम्भीर छलफल गर्छौः नेता नेम्वाङ

५ भदौ, काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले १० बुँदे सहमति कार्यान्वयन गर्न एमालेको आगामी बैठकमा गम्भीर छलफल हुने बताएका छन । उनले एमालेका ५७ जना नेताले भनेकै जस्तो गरी मुल भावना अनुसार नै कार्यान्वयन हुने बताए ।

नेता नेम्वाङले एमाले एकतावद्ध बनाउने सन्दर्भमा अध्यक्ष केपी शर्मा ओली गम्भीर रहेको पनि बताएका छन । माधव नेपालको साथ छोडेका एमालेका दोस्रो तहका नेताहरुले भनेझैं दश बुँदेको अक्षरंश कार्यान्वयन गरिने भन्दै अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा त्यस विषयमा गम्भीर छलफल  हुने बताए ।

प्रकाशित मिति : August 21, 2021 at 9:14 pm