३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

कोकाकोलाको स्वामित्व किनबेचमा पुँजीगत लाभकर छली गरेको महालेखाको ठहर

५ भदाै, काठमाडाैँ । महालेखा परीक्षकको कार्यालयले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालको स्वामित्व किनबेचमा पुँजीगत लाभकर छली गरेको ठहर गरेको छ । महालेखाको शुक्रबार सार्वजनिक प्रतिवेदनमा छली गरेको करको ब्याज र जरिवानासहित असुल–उपर गर्नुपर्ने ठहर महालेखाले गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले नेपालमा रहेको स्थायी संस्थापना (बोटलर्स नेपाल)बाट कट्टा गर्नुपर्ने १५ प्रतिशत अग्रिम कर ३१ करोड ९५ लाख ५१ हजार रुपैयाँ र आयकर ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गरी लाग्ने २५ प्रतिशतसमेत लाग्ने कर ५३ करोड २५ लाख ८६ हजार रुपैयाँमा लाग्ने शुल्क र ब्याजसमेत छानबिन गरेर कर निर्धारण र छानबिन गर्न भनेको छ ।

“सेयर खरिद–बिक्री गर्दा स्वामित्व परिर्वनको जानकारी नेपालका कुनै नियामक निकायलाई नदिनुको साथै निःसर्गमा प्राप्त भएको लाभमा कर गणना गरि दाखिला गरेको देखिँदैन,” महालेखाको प्रतिवेदनमा भनिएको छ, “नेपालमा रहेको निकायको हितको मूल्य बढ्नु भनेको नेपालमै सञ्चालित क्रियाकलाप र सम्पत्तिको मूल्यको कारण भएकाले त्यस्तो आयको स्रोत नेपाल नै हो ।”

टक्सार आर्थिक म्यागजिनले बोटलर्स नेपालको ७६ प्रतिशत नेपाल बाहिर नै पटक–पटक किनबेच भएको विषयमा विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : August 21, 2021 at 11:22 am