२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

देउवाले भित्राएको विकृतिः गृहमन्त्री र गृहसचिवले डेढ करोड रुपैयाँ सुराकीलाई बाँडे

५ भदाै, काठमाडाैँ । २०५० सालमा तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले भित्राएको एउटा विकृतिले हरेक वर्ष निरन्तरता पाइरहेको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले २०५० जेठ १३ मा शान्तिसुरक्षाका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो ।

महालेखा परीक्षकको शुक्रबार सार्वजनिक भएको प्रतिवेदन अनुसार गत वर्षमात्र सुराकी परिचालनका नाममा गृहमन्त्री र गृहसचिवले डेढ करोड रुपैयाँ बाडेका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा र निवर्तमान गृहसचिव महेश्वर न्यौपानेले आव २०७६र७७ मा सुराकी खर्चबापत १ करोड ४८ लाख ५८ हजार खर्च गरेका हुन ।

न्यौपानेले ७६ लाख ५८ हजार र थापाले ७२ लाख लिएको महालेखाको शुक्रबार प्रकाशित प्रतिवेदनमा उल्लेख छ । एक दशकदेखि महालेखाले सुराकी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई पटक पटक निर्देशन दिइरहेको छ । गृहमन्त्री र गृहसचिवले बर्सेनि आसेपासे र कार्यकर्ता पोस्न सुराकी खर्चका नाममा ढुकुटीको दोहन गर्दै आएका हुन् । तत्कालीन अवस्थामा देउवाले कार्यकर्तालाई पोस्नका लागि सुराकीका नाममा मनपरी रकम बाँड्न सुरूवत गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार १०:२१