३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

हास्य कलाकार शम्भु थापाको कोरोना संक्रमणबाट मृत्यु

५ भदाै, काठमाडाैँ । नेपाली हास्य शृङ्खलाहरु मेरी बास्सै, गोलमाल, हल्का रमाईलो लगायतका टेलि चलचित्रहरुमा नियमित देखिने हास्य कलाकार शम्भु थापाको कोरोना भाईरस (कोभिड 19) को संक्रमणका कारण निधन भएको छ। एक महिना अघि देखि उनको पाटन अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार भइ रहेको थियो।

आज बिहान करिब साँढे ४ बजेको समयमा उनले अन्तिम श्वास फेरेको टेलि शृङ्खला गोलमालका निर्माता तथा निर्देशक परशुराम रिजालले जानकारी दिए। कलाकार थापाको पत्नी, छोरा र एक छोरी छन्। थुप्रै टेलीशृंखलाको साथै उनले केहि ठुलो पर्दाको चलचित्रमा समेत काम गरेका थिए। उनको आजै पशुपति आर्य घाटमा दाहसंस्कार गरिने पनि रिजालले जानकारी दिए।

प्रकाशित मिति : August 21, 2021 at 9:56 am