२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरलाई पार्टी सनाखतका गर्न भदौ ९ गते बोलायो

४ भदौ, काठमाडौँ । निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि बोलाएको छ । दुवै पार्टीलाई भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको हो ।

शुक्रबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका थिए। उक्त निवेदनपछि आयोगले भदौ ९ गते नेकपा एमाले र जनता समाजवादी पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरू नयाँ पार्टीमा रहे/नरहेको सनाखत गर्न लागेको हो। उक्त दिन जो-जो मानिसहरू निर्वाचन आयोगमा सनाखत गर्न जान्छन् उनीहरू नै नयाँ पार्टीका केन्द्रीय सदस्य र सांसद हुन्छन्।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १८:३३