२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमाले सांसदहरु कार्यकक्षमा पुगेपछि सभामुख सापकोटा कार्यालयमै गएनन्

४ साउन, काठमाडाैँ । नेकपा एमालेका सांसदहरु माधव नेपाल समूहका १४ जना सांसदलाई कारबाही गर्न माग गर्दै सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् । पार्टीले कारबाही गर्न सिफारिस गरेका नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गर्दै सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् ।

गोकुल बाँस्कोटा, शान्ता चौधरी, लालबाबु पण्डित, खगराज अधिकारी, गोकुल बाँस्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, सूर्यपाठकसहितका सांसदहरु १४ जना सांसदलाई कारबाहीका लागि दबाब दिन सभामुखकको कार्यकक्षमा पुगेका हुन् । एक घण्टा पर्खिँदा पनि सभामुख नआएपछि एमाले सचेतक शान्ता चौधरीले फोन गरेकी थिइन् । कुराकानीमा सापकोटाले आज कार्यालयमै नआउने जानकारी दिएपछि आफूहरू बाहिरिएको सांसद शान्ता चौधरीले जानकारी दिइन् ।

सभामुख सापकोटाले माधव नेपाल पक्षमाथि गरिएको कारवाही प्रक्रिया अगाडि नबढाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार आपत्ति जनाएका थिए । पार्टी विभाजनको गतिविधि शुरू गरेपछि ओलीले भदौ १ गते नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र दर्ता गराएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार १३:११