माधव नेपाललाई दल दर्ताको बाटोबाट फर्किन एमालेका नाै नेताको संयुक्त अपिल
३ भदाै, काठमाडाैँ । नेकपा एमाले नछाडेका माधवकुमार नेपाल समूहका नेताहरूले संयुक्त अपिल जारी गरेका छन । उनीहरूले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्नुपर्ने लगायतको विषय राखेर अपिल गरेेका हुन् ।
अपिल लेख्ने जिम्मा विगतमा पार्टीभित्रको अन्तरद्धन्द्ध अन्त्यका लागि गठन गरिएको विवाद समाधान कार्यदलका सदस्य समेत रहेका एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले पाएका थिए ।
उनीहरूले अपिलमा २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने उल्लेख गरिएको सोही अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले अघि बढाउनु पर्ने, १४ सांसद माथिको कारबाही फिर्ता हुनुपर्ने र माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रियाबाट पछि हट्नु पर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै अपिलमा एमाले विभाजनका लागि लेयाइएकाे अध्यादेश खारेज गर्न सरकारलाई आग्रह गरिएकाे छ ।

प्रकाशित मिति : August 19, 2021 at 9:54 pm





