२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

बागमती सरकारको प्रवक्तामा मन्त्री पाण्डे

३ भदाै, हेटाैँडा । बागमती प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री र भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त पाण्डेलाई उक्त बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

बागमती प्रदेशमा बुधबार अस्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार बनेको थियो। मुख्यमन्त्री नियुक्तिसँगै शाक्यले मन्त्रीमण्डलमा केशव पाण्डे र कृष्ण खनाललाइ नियुक्त गरेकी थिइन । । खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १५:१०