२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शन मान्नेहरू व्यक्तिका पछि लाग्नै सक्दैनन्ः सांसद रावल

३ भदौ, काठमाडौँ । नेकपा एमालेका सांसद झपट रावलले मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शन मान्नेहरू व्यक्तिका पछि लाग्नै नसक्ने बताएका छन । माधव नेपालले एमाले विभाजन गर्दा साथ छोडेका रावलले सामाजिक सञ्जाल मार्फत व्यक्ति भन्दा पनि संस्था ठूलो भएको आशय प्रकट गरेका छन । उनले भनेका छन, ‘मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शन मान्नेहरु व्यक्तिका पछि लाग्नै सक्दैनन् । गतिशील आयामलाई ख्याल गरेर ठोस परिस्थितिको ठोस मूल्याङ्कन गरेर विचारनिष्ठ एकतामा विजय सम्भव छ भन्ने हेक्का राखेर सबै खाले अतिलाई त्यागेका खण्डमा अझै पनि ढिलो भएको छैन एकता गर्न सकिन्छ । समयलाई पछाडि लैजाने र ज्यादै धेरै अगाडि लैजाने कुरा आत्मकेन्द्रित मात्रै हुन्छ । समयको गति चिनौ र अगाडि बढौं ।’

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १५:०४