२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कांग्रेसको कार्यालय जस्तो बन्यो गृह मन्त्रालय, राष्ट्रपतिको फोटो हटाएर कांग्रेस नेताको राखियो

३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएसँगै गृह मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर नेपाली कांग्रेसका नेताको फोटो राखिएको छ । यसअघि मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने प्रचलन रहँदै आएको थियो । यस्तो भएपछि गृह मन्त्रालय नै कांग्रेसको कार्यालय जस्तो बनेको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा प्रधानमन्त्री भएपछि राष्ट्रिपतिको फोटो हटाउनुभएको थियो । प्रधानमन्त्री देउवाले राष्ट्रपतिको फोटा हटाएर राष्ट्रिय निशान छाप राख्नुभएको थियो । यससँगै गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो हटाएर कांग्रेसका स्वर्गीय नेता विपी कोराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, शुशिल कोरालालगायतको फोटो राखिएको छ ।

यसअघि मन्त्रालयको भेटघाट कक्षमा राष्ट्रपति र प्रधानमन्त्रीका फोटो राखिदै आएको थियो । कांग्रसबाट बालकृष्ण खाँण गृहमन्त्री भएपछि राष्ट्रपतिको फोटो हटाएर कांग्रेसका नेताहरुको फोटो राखिएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १४:५९