२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

एमाले फुटको खुशी बाँड्न, देउवा, प्रचण्ड र नेपाल एकै ठाउँमा

३ भदाै, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले फुटको खुशी बाँडेका छन । प्रधानमन्त्री निवासमा बिहीबार बिहान भएको भेटवार्तामा तीन नेताले अब मन्त्रिपरिषद् विस्तार लगायतको विषयमा खुला छलफल गर्ने सहमति पनि गरेका छन । माधव नेपालले हिजैमात्र एमाले फुटाएर २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ पार्टी गठनका लागि निवेदन बुझाएका छन । यद्यपी उनको पार्टीको नाम र चुनाव चिन्हका विषयमा भने विवाद रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १२:३३