२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

नेकपा एमालेका नेता एवं पूर्व सांसद महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन

३ भदाै, काठमाडाैँ । नेकपा एमालेका नेता एवं पूर्व सांसद महेन्द्र शेरचनको निधन भएको छ । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष समेत रहेका शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको हो ।

शेरचनको नेपाल एपिएफ अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका थिए ।

संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । बुधबार दिउसो ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार ०८:५२