माधव नेपालले मेरो नाम दुरूपयोग गरे, म एमाले नै हुँः पूर्व सांसद नरेश खरेल
२ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै जेल जीवन बिताएका झापाली नेता नरेश खरेलले माधव नेपालको पार्टीमा आफ्नो नाम राखेकोमा आपत्ती जनाएका छन । ‘माधव नेपालले पार्टी गठन गरेको पनि मलाइ थाहा छैन’ खरेलले भने ‘मलाई कसैले केन्द्रीय सदस्य बसौं भनेर सल्लाह गरेको पनि छैन ।’
संविधान सभामा एमालेको तर्फबाट सदस्य रहेका खरेल झापाको विर्तामोड निवासी हुन । उनी विगतमा एमालेको पोलिटव्यूरो सदस्य थिए । खरेल पत्नी पवित्रा झापा क्षेत्र नं २ बाट संघीय संसद छन । खरेलको नाम माधव नेपालले आज एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा राखेका थिए ।
प्रकाशित मिति : August 18, 2021 at 10:44 pm





