२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मैले माधव नेपालको पार्टीलाई सहमति दिएको छैन, म एमाले हुँः पूर्वमन्त्री जोशी

२ भदौ, काठमडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशीले माधव नेपालले पार्टी फुटाएर बनाएको पार्टीमा आफ्नो सहमति नरहेको बताएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन, ‘म निरन्तर पार्टीको एकताको पक्षमा लागि रहेको थिए र अहिले पनि लागि नै रहेको छु।मेरो सहमति नलिई मेरो नाम नेकपा एमाले (समाजबादी) पार्टीको केन्दिय कमिटी सदस्यमा राखिएकोमा मेरो सहमति नभएको जानकारी गराउछु । मेरो जिल्ला, प्रदेश र अन्य शुभेच्छुक साथीहरुको सल्लाह अनुसार नै अगाडि बढ्ने छु।’

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार २०:१९