३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

रामकुमारी झाँक्रीले हातले तान्दै माधव नेपाललाई निर्वाचन आयोग पुर्याइन

२ भदाै, काठमाडाैँ । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएको छ। निवेदन दर्ता गर्न जाँदा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले हातले तान्दै माधव नेपाललाइ अघि बढाएकी छिन । मेरोन्युजले झाँक्रीले हातले तान्दै गरेको फोटो सार्वजनिक गरेको छ ।

नेपाल समूहले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको हो । नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको झाक्रीले जानकारी दिइन् । उनकाअनुसार नेपाल समूहले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो। निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ। नेपाल समूहको केन्द्रीय सदस्य र सांसदहरुको बुधबारनै बसेको बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको थियो ।

तस्बीरः मेरोन्युज डट कमबाट साभार ।

प्रकाशित मिति : August 18, 2021 at 4:47 pm