३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

शेरबहादुर देउवाले सार्वजनिक माफी माग्नुपर्छः नेता थापा

२ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापा खोजीको विषय बनेपछि बोलेका छन । थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेशका बारेमा प्रतिक्रिया नदिएपछि दैनिकीले एमाले विभाजन गर्ने अध्यादेशपछि सामाजिक सञ्जालबाट हराएका शर्मा र थापाको तीब्र खोजी  शीर्षकमा समाचार लेखेको थियो । समाचार प्रकाशित भएको केही समयमै थापाले आफ्नो फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै यसअघि नबोलेकाहरूले यो अध्यादेशको बिरोध गर्न नपाउने र त्यो हक कसैलाई नभएको बताएका छन ।

थापाले भनेका छन, ‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।’

उनले शेरबहादुर देउवा र सरकारको नामै नलिइ संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन । थापाले हिजो अध्यादेशको बिरोध गर्नेले आज बिरोध नगर्ने हो भने सार्वजनिक माफी माग्नुपर्ने पनि बताएका छन । उनले नामै नलिइ हिजको दिनमा विज्ञप्ति नै प्रकाशित गरेर बिरोध जनाउने शेरबहादुर देउवाले पनि माफी माग्नुपर्ने बताएका छन ।

प्रकाशित मिति : August 18, 2021 at 10:50 am