३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

कम्युनिस्टकाे विकल्प काङ्ग्रेस हुन सक्दैन, जनमतको सम्मान गरौँ


-विश्वराज बराल”अनुप”

माओवादी पार्टी हिजाे मुलत सहि नीति र तरिका अपनाउदा सानाे पार्टी पनि ठूलाे भएकाे थियाे तर कमरेड प्रचण्डको टिमले नत जनमत जाेगाउन सक्नुभयाे नत कमरेड प्रचण्ड र माओवादी पार्टी निर्माण गर्न निर्णायक भूमिका खेलेका सहयात्रीहरुलाई आफूसँग राख्न सक्नुभयाे ।

कमरेड प्रचण्ड र उहाँकाे टिमकाे साेच नियत भनेकाे आफू र आफ्नाकाे लागि केही गर्ने केही बन्ने बाहेक रहेनछ । त्यसैकाे परिणाम स्वरुप एक्लै १२१ सिट ल्याउने पार्टी अहिले याे अवस्थामा पुग्याे । हामीलाई लागेकाे थियाे एमालेसँग एकता गरेर कमरेड प्रचण्डले सवक सिकेर कम्युनिस्ट आन्दाेलनलाई एकताबद्ध गर्ने जनयुद्ध र जनआन्दाेलनबाट प्राप्त गणतन्त्रको रक्षा गर्दै समाजवादतिर जाने तिर लाग्नु भयाे भन्ने तर कमरेड प्रचण्ड जनमत र जनशैली बिहिन सत्ता राजनीतिकाे खेलमा हुनुहुदाे रहेछ ।

अन्ततः नेकपा फुट्याे मात्र हाेईन कम्युनिस्ट आन्दाेनकाे एकता पश्चातकाे मुल प्रवाह नयाँ एमालेलाई पनि काङ्ग्रेसको साहरामा फुटाउदै हुनुहुन्छ । कमरेड प्रचण्ड र उहाँकाे टिमलाई साेध्न चाहन्छु कमरेडहरु के तपाईकाे याे उपयाेगितावादी र अवसरवादी खेलले कम्युनिस्ट आन्दाेलन र तपाईकाे पार्टीलाई केही फाईदा गर्दछ ? राजतन्त्र पश्चात् कम्युनिस्टको प्रतिस्पर्धा काेसँग हाे ?

कम्युनिस्ट जनमतकाे अपमान गर्दै काङ्ग्रेसलाई घिसारेर प्रधानमन्त्री बनाउने कुराले कम्युनिस्ट जनताहरुमा तपाईहरु प्रति विश्वास बढ्छ कि घट्छ ? केही थान बढी मन्त्री र ईगाे साध्न सकियला तर यसले फाईदा काङ्ग्रेसलाई पुग्छ कि कम्युनिस्टलाई ? पाँच वर्ष काङ्ग्रेसलाई प्रतिपक्षमा वस्ने जनमत हाे कम्युनिस्टहरुलाई सरकार चलाउने जनमत हाे तर कमरेड प्रचण्ड माधबहरुले जनमतकाे अपमान गरेर काङ्ग्रेस बाेक्नुभयाे ।

यस्ताे अस्थिर र अवसरवादी र ईगाेकाे खेलले कम्युनिष्ट आन्दाेलन र याे रगतले साटेर ल्यायकाे व्यवस्थाप्रति जनताकाे विश्वास बढ्छ कि घट्छ ? राजनैतिक परिवर्तन पश्चात जनताकाे जीवन अवस्थालाई फेर्न विकास, उन्नती र सामाजिक न्याय दिनेतिर कुनै ध्यान नदिने मात्र फाेहरी खेलमा लाग्नाले जनताकाे व्यवस्थाप्रति विश्वास वढ्छ कि घट्छ कमरेडहरु ? केपि अाेलीलाई गणतन्त्र बिराेधी भन्नुहुन्छ शेरवहादुर देउवा के हुन टाउकाेकाे माेल ताेक्ने काे हाे कमरेडहरु ? राजाकाे पाउमा पैसा चढाउने अनि सत्ता सुम्पने काे हाे देउवा र माधव हाेईन ?

जनमतकाे सम्मान गरेर जनमत प्राप्त गर्ने बाटाे समेत माथि माथि अस्थिरताकाे खेल खेलेर मात्र २/४ थान मन्त्रिकाे खेल नखेल तिमिहरुकाे कारण कम्युनिस्ट आन्दाेलन कमजाेर वन्दै छ । व्यवस्था प्रतिकाे जनताकाे बिश्वास घट्दै छ । यसले ल्याउने परिणामकाे ख्याल गर हजाराैँ बलिदान गर्नेहरुलाई याद गर । सुख सयल पदकाे लागि जे पनि गर्ने खेल नखेल प्रचण्ड माधबहरु ।

अध्यादेश देउवा प्रचण्ड माधवले ल्याउदा क्रान्तिकारी केपीले ल्याउदा प्रतिगामि कसरी हुन्छ ? मधाव प्रचण्ड मिलेर अर्काे पार्टी वनाउदा तिमिहरुकाे जनमत बढ्छ र ? कम्युनिस्टहरुकाे संसदमा सिट बढ्छ र ? मात्र आवेगकाे खेल ईगाे साध्न देश जनता जनमतकाे याे हदकाे अपमान ! कुरा समाजवादका व्यवहार दलाल तथा नाेकरशाही दलाल पुँजिवादसामू समर्पण, जिवनशैली कार्यशैली जीवनस्तर जनबिराेधी शासकहरुकाे भन्दा के फरक छ ?

जनयुद्धको कुरा गर्दछाै समाववादकाे कुरा गर्दछाै तिमीहरु कसकाे घेरामा छाै तिमीले आफ्ना वरिपरि अघिपछि बलिदानपूर्ण सङ्घर्षका सहयात्री राखेकाछाैँ सहिद र वेपत्ता परिवारकाे काेहि सदस्य तिम्रा सचिवालयमा छन ? कमरेडहरु कम्युनिस्ट आन्दाेलन र कम्युनिस्ट पार्टीलाई बल्लियाे वनाउने एकताबद्ध गर्ने कुराले हाेईन व्यवहारमा जनता र राष्ट्रकाे मुहार अवस्था फेर्ने अभियानमा लागाैँ ।

काङ्ग्रेसलाई बाेकेर कम्युनिस्ट आन्लाेलन बल्लियाे हुन कदापी सक्दैन । नेताकाे ईगाेकाे पछि नलागाैँ । जनमतकाे सम्मान गराैँ कम्युनिष्ट जनमतलाई एकाताबद्ध गराैँ । गणतन्त्त्रमा कम्युनिस्ट पार्टीकाे सरकार ढालेर काङ्ग्रेसलाई घिसारेर नेता बनाउने कम्युनिस्ट नामका नेताप्रति सतर्क बनाैँ । काङ्ग्रेसको प्रतिस्पर्धा एमालेसँग हो एमालेकाे प्रतिस्पर्धा काङ्ग्रेससँग हो । जनतामा जाउ केही समय मन्त्री नहुँदा के फरक पर्छ ? कम्युनिस्टकाे विकल्प काङ्ग्रेस हुन सक्दैन हामी नै हाे ।

(लेखक विश्वराज माओवादी जनयुद्धका कमाण्डर थिए हाल नेकपा हुँदै एमाले रुपन्देहीको सचिव छन ।)

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार ०८:५०

https://srdb.com.np/