२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमाले विभाजन गर्ने अध्यादेशपछि सामाजिक सञ्जालबाट हराएका शर्मा र थापाको तीब्र खोजी

२ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताद्धय जो समाजिक सञ्जालमा अग्रगामी छलाङ मार्थे अहिले उनीहरू सामाजिक सञ्जालमै सर्वाधिक खोजीको पात्र बनेका छन। ती हुन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र गगन थापा  । कांग्रेस भित्र दुई फरक गुटका शर्मा र थापा प्रधानमन्त्री शेरबहादुर देउवाको कमजोरी र गल्तीमा प्रायः मौन बस्दै आएका छन ।

देउवा सरकारले एमाले विभाजनका लागि केनद्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशतमात्र भए दल विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश ल्याएपछि त्यसको सर्वत्र बिरोध भएको छ भने सडक अध्यादेशको बिरोध गर्नेहरूले कब्जा गर्ने स्थिति बनेको छ ।

यता सामाजिक सञ्जालमा समेत अध्यादेशको बिरोध गर्नेहरूले करिब कब्जा गरेका छन । तर यही बीचमा सामाजिक सञ्जालमा हल्का फुल्का टिप्पणी गरेर सेलिब्रेटी बन्दै आएका शर्मा र थापा चुपचाप छन । कारण अहिलेको अपराधमा शर्मा र थापाका सर्वोच्च नेता शेरबहादुर देउवा मुख्य पात्र रहेका छन ।

पछिल्लो १५ घण्टा यता सामाजिक सञ्जाल प्रयोगकर्ताले शर्मा र थापाको खोजी गरिरहेका छन । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त अध्यादेश ल्याउँदै शर्मा र थापाहरू न्वारदेखिको बल लगाएर बिरोधमा लागेका थिए ।

सामाजिक सञ्जालमा ट्रोल बनेको शर्मा र थापाको तस्बीर ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार ०८:०६