२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

काेराेना अपडेटः ३२७४ संक्रमित थपिए, २७ जनाको मृत्यु, १९२९ संक्रमणमुक्त

१ भदाै, काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा११,५६५ जनाको पीसीआर परीक्षण गर्दा २४५६ र ६१२४ जनाको एन्टिजेन परीक्षण गर्दा ८१८ जना गरी थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ। सोही अवधिमा १९२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १७:४९