२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमालेको २६० केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा

१ भदौ, काठमाडौँ । नेकपा एमालेको २६० केन्द्रीय सदस्यको सूची निर्वाचन आयोगमा पेश भएको छ । एमालेको निर्वाचन विभागका प्रमुख अग्नि खरेल लगायतको टोलीले मंगलबार दिउँसो निर्वाचन आयोग पुगेर सूची बुझाउँदै एमालेको केन्द्रीय कमिटीको संख्या अध्यावधिक गर्न माइन्युट समेत पेश गरेको छ ।

आयोगमा केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न अनुरोध गरिएको छ । यसअघिको २०३ सदस्यीय केन्द्रीय कमिटी अब २६० रहनेछ । एमालेको केन्द्रीय कमिटीलाइ सर्वोच्चले समेत मान्यता दिएपछि निर्वाचन आयोगमा अद्यावधिक गर्न बुझाइएको हो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १५:३१