२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अब परमादेशवाला मापसे सरकार सडकमा पुर्याउँछाैँः महेश बस्नेत

१ भदौ, काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले अब परमादेशवाला मापसे सरकार सडकमा पुग्ने चेतावनी दिएका छन । एमाले विभाजनका लागि २० प्रतिशत थ्रेसहोल्ड राखेर अध्यादेश ल्याएपछि बस्नेतले सरकारलाइ यसै कारणबाट सडकमा ल्याउने चेतावनी दिएका छन । उनले सरकारको यस कदमले एमाले आक्रोशित र आन्दोलित भएको बताए ।

बस्नेतले भनेका छन, ‘लोकतन्त्रमा दल विभाजन हुनु जटिल बैधानिक प्रक्रिया हो। कुनै दल बिभाजन हुँदा लोकतन्त्र र राजनैतिक स्थिरता मा सपोर्ट पुग्दा राम्रै हो। बिगतमा केपी ओली सरकारले अध्यादेश ल्याउदाँ साना दल भित्रको निरंकुशता अन्याय र थिचोमिचोको बिरुद्ध बिद्रोह गर्न चाहेका तत्कालिन संघीय समाजबादी दलका सांसदहरुलाई एमालेमा ल्याउने मूल धेय थियो।

तत्कालिन नेकपाका दोश्रो अध्यक्ष प्रचण्ड,माधब नेपाल अनि बिपक्षी कांग्रेस र सो पार्टीका नेताहरुले रोइलो गरेका कारण सरकारले उक्त अध्यादेश फिर्ता लियो । आज इतिहास फेरी धोहोरीएको छ। तिनै लोकतन्त्रबादी , अग्रगामी ,भनिने मापसे वाला सरकारले एमाले बिभाजन गर्ने र अफ्नो सत्ताको रोटी सेकाउने स्वार्थका साथ सो भन्दा कम द्दण्५ थ्रेसहोल्ड वाला अध्यादेश ल्याएको छ। चालु संसदको अधिबेशन हठात अन्त्य गरेर ।

हिजो संसद विघटन प्रकृयाको बारेमा अनेक कु तर्क गरेर एमाले प्रतिगमनकारी अनि आफु अग्रगामी र क्रान्तिकारी दाबी गर्ने देउवा प्रचण्ड र माकुने मिलेर जे हर्कत गर्दैछन्। जसको कारण एमाले पंक्तिलाई आक्रोसित र आन्दोलित गराएको छ। स्वभाविक हामी यो गलत कदमको सशक्त प्रतिबद गर्दछौ। यो परमादेशवाला मापसे सरकारलाई सडकमा पुर्याउने छौं।’

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १५:०५