२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

समानुपातिक सांसदमा निर्मला मुडभरी नियुक्त गर्ने जसपा निर्णय

१ भदाै, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा समानुपातिक सांसद थप गरेको छ । सोमबार बसेको जसपाको कार्यकारिणी बैठकले प्रदेशसभा सदस्य कल्पना पाण्डेयको ठाउँमा नयाँ सांसद निर्मला मुडभरी भट्टराईलाई नियुक्त गर्न सिफारिस गरेको हो ।

लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारवाहीमा परेका थिए। जसमा सन्तोष पाण्डेय र विजयबहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय समानुपातिक सूचीमा परेकी थिइन् । पार्टीले  उनको ठाउँमा निर्मला मुडभरी भट्टराईको नाम पठाउने निर्णय गरेको हो।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार १३:२०