२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

२५ प्रतिशतले नै एमाले फुटाउन मिल्ने अध्यादेश तयार, माधव नेपालले विशेष सम्बाेधन गर्दै

१ भदौ, काठमाडौँ । नेकपा एमाले विभाजनका लागि २५ प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थनमै दल विभाजन गर्न सक्ने गरी नयाँ अध्यादेश तयार भएको छ । माधवकुमार नेपालको आग्रहमा सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्ने तयारी गरेको छ ।

सरकारले आज या भोलिमै ल्याउन लागेको उक्त अध्यादेशको मस्यौदामा केन्द्रीय समिति वा संसदीय दल दुइ मध्ये एकमा २५ प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान समेटिएको छ । कांग्रेस, माओवादी र माधव नेपालसहितका नेताहरू बसेर अध्यादेशको खाका फाइनल गरेका छन ।

यता माधवकुमार नेपालले दिउँसो ३ बजे भ्रातृ संस्थाहरूको आयोजनाको नाममा हुने एउटा जुम बैठकमा पार्टी फुटको विशेष घोषणा गर्नेछन । उक्त कार्यक्रमको आयोजना भ्रातृ संस्थाको व्यानरमा गर्न लागिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलवार ०९:३३