२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रदेश २ काे प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने सरकारको निर्णय

३२ साउन, काठमाडाैँ । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजेश झालाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो । मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् । नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १३:४४