२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

जसपा आधिकारिकता विवादः महन्थ ठाकुरको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदैछ

३२ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षले दायर गरेकाे रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ । महन्थ ठाकुर पक्षले दायर गरेकाे रिटमाथि न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा आज सुनुवाइका लागि पेसी तोकिएको छ ।

निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति हुने भन्दै ठाकुर पक्ष सर्वोच्च पुगेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार ११:४४