२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्री देउवाको निर्देशन

३२ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान सामाजिक सञ्जालमारफत अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताएका हुन् ।

सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको समेत उनले बताएका छन् । उनले सजगता र गम्भीरतापूर्वक सरकारले अभिभावकत्वकाे जिम्मेवारी निभाउने समेत बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार १०:२७