२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

पेट्रोल पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकको कमाई १ करोड ! परे अख्तियारकाे फन्दामा

३१ साउन, काठमाडाैँ । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु १ करोड ३ लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ ।

पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार २१:३८