२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

व्यवसायी कँडेलद्धारा शिक्षा पत्रकारिता पुरस्कारका लागि २ लाख २२ हजारकाे कोष स्थापना

३१ साउन, काठमाडौँ । शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रु २ लाख २२ हजार २२२ हस्तान्तरण गरेका छन् ।

‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सिआइपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँ निवासी कँडेलले समाजका अध्यक्ष प्रकाश सिलवाललाई आज सो रकम हस्तान्तरण गरेका हुन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घ, नुवाकोटका अध्यक्ष कँडेल ककनीस्थित हाम्रो ग्यास उद्योगका संस्थापक अध्यक्ष हुन् ।

संस्थाले उक्त कोषमा थप रकम जुटाएर वार्षिकरुपमा पुरस्कार, शोधवृत्ति र क्षमतावृद्धिका कार्यक्रम सञ्चालन गर्ने समाजका महासचिव शेषकान्त पण्डितले जानकारी दिए ।

कँडेलले दुई वर्षअघि नेपाल सरकारको कोभिड–१९ रोकथाम तथा उपचार कोषमा सोही बराबरको रकम प्रदान गरेका थिए भने गत वर्ष आफ्नै वडास्थित कालिका आधारभूूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि दिवङ्गत पिता नेत्रप्रसादका स्मृतिमा रु १ लाख ५५ हजार ५५५ को अक्षयकोष स्थापना गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार १७:५१