२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

माधव नेपालको नयाँ पार्टी घोषणा केही दिनमै हुने राजेन्द्र पाण्डेको घोषणा (भिडियो)

३० साउन, काठमाडाैँ । नेकपा एमाले फुटाउन कोशिश गरेर पनि लामो समयदेखि सफल नभएको माधवकुमार नेपाल समूहले अागामी साता नयाँ पार्टी घोषणा गर्ने भएको छ । माधव नेपाल समहूका एक जना नेता राजेन्द्र पाण्डेले शनिबार नुवाकाेटमा माधव समूहका नेताहरूसँगको भेटघाट कार्यक्रममा यस्तो घोषणा गरेका हुन ।

काठमाडाैँमै भएको एक कार्यक्रममा उनीले केहीदिनभित्रै नयाँ पार्टीको घोषणा हुने र सूर्य चिन्हको ठाउँमा अर्कै चिन्ह राखेर कार्यक्रम सञ्चालन गर्ने बताए । उनले अाफूले निर्वाचान अायोगसँगको समन्वयको काम गरिरहेको जानकारी दिँदै नयाँ पार्टीको चिन्हमा गतिबिधि गर्न अब धेरै दिन कुर्नु नपर्ने बताए। पाण्डेले बोलेको भिडियो तल सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार २०:५१