२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई प्रधानमन्त्री देउवाकाे धन्यवाद

३० साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्कासँग भेटवार्ता गरी क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारसलाई धन्यवाद दिएका छन । पराससँगको भेटपछि प्रधाननमन्त्री देउवाले स्वयंले फेसबुकमा टिप्पणी गर्दै धन्यवाद दिएका छन ।

प्रधानमन्त्रीले भनेका छन, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद। नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।’

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार १४:३८