२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

दोहोरो लगानी भएका लघुवित्तहरु एक वर्षभित्रै मर्ज हुनुपर्ने

२९ साउन, काठमाडाैँ । क्रस होल्डिङ भएका लघुवित्तहरु एक वर्षभित्रै मर्ज हुनुपर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा साे कुरा उल्लेख गरिएकाे हाे ।

गभर्नर महाप्रसाद अधिकारिले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने भएको जानकारी दिएका हुन्।

त्यस्तै थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच समेत एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १७:४३