२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

थपिए ३९१५ कोरोना संक्रमित , २७ जनाको मृत्यु

२९ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११,७०८ जनाको पीसीआर परीक्षण गर्दा २७६३ र ६ हजार ८७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११५२ जना गरी थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २७ जनाकाे मृत्यु भएको छ। सोही अवधिमा २११८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १७:१९