२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

काेराेना अपडेटः थप ३९१५ जनामा संक्रमण, २७ जनाको मृत्यु, २११८ जना निकाे

२९ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ७०८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । यस्तै काेराेनाबाट मृत्‍यु हुनेको संख्या १० हजार २३९ पुगेको छ भने ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना रहेका छन् । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १७:१३