२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मात्रिका यादवका असंसदीय अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

२९ साउन, काठमाडौँ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीकाेबारे प्रयोग गरेका असंसदीय अभिव्यक्ति संसदको रेकर्डबाट  तत्काल हटाउन  निर्देशन दिएका छन् ।

संसद्को बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवकाे अभिव्यक्ति अमर्यादित र असंसदीय भएको भन्दै सो अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । एमालेका सांसदहरुले यादवको अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ आपत्ति जनापछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १३:३८