२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’

२९ साउन, काठमाडाैँ । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाई हेर्न नमिल्नेमा परेका छन् । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाई हेर्न नमिल्नेमा परेको हो ।

आलामको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको थियो । उनीमाथि २०६४ साल चैत २७ मा रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटमा घाइते रहेका मजदूरलाई इटा भट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १२:५५