२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

अफताब आलमको मुद्दाकाे सुनुवाई न्यायाधीशद्वय राउत र रेग्मीको इजलासमा

२९ साउन, काठमाडाैँ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाई हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनवाईका लागि पेसी तोकिएको छ ।

मुद्दाको पेसी पहिलो नम्बरमै रहेकाे छ । उनीमाथि २०६४ साल चैत २७ मा रौतहटको राजपुर फरदवामा भएको बम विस्फोटमा घाइते रहेका मजदूरलाई इटा भट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग छ । मृतकका परिवारको जोहरीपछि उनीविरुद्धको मुद्दा अघि बढेको थियो ।

साक्षी र प्रमाणका आधारमा आलममाथिको अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । उनी जिल्ला र उच्च अदालतको फैसलाविरुद्ध २०७७ मंसिरमा सर्वोच्चमा गएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १२:२४