२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

रचनात्मक काममा राष्ट्रिय युवासंघ, काठमाडाैँ उपत्यकामा मात्रै तीन वटा पार्क निर्माण गर्ने

२८ साउन, काठमाडाैँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ उपत्यकामा तीन वटा पार्क बनाउने आफ्नो घोषित कार्यक्रम अन्तरगत आज मणिडों वैदिक उद्यान (पार्क)को निर्माणको शुभारम्भ गरेको छ ।

जिल्लाको ललितपुरम महानगपालिका वडा नं. ११ को शंखमुल टाउन प्लानिङ्गमा एक विशेष कार्यक्रमका बिच नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संघका इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुभारम्भ गरेको हो । अन्तराष्ट्रिय दिवश २०७८ को अवसरमा राज्यलाई योगदान गर्ने अभियान अन्तरगत संघले आफ्नो व्यवस्थापन तथा सहयोगी दाताहरुको बजेटबाट पार्क निर्माण गर्न लागेको हो ।

एक वर्ष भन्दा अगाबै निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरुप निर्माण शुभारम्भ गरिएको पार्कको रेखदेख तथा संरक्षण भने टोल विकास समितिले गर्ने समझारी भएको छ ।

संघ अध्यक्ष किरण पौडेल तथा टोल विकास समितिका अध्यक्ष राजेश तण्डुकारबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ । उक्त स्थानको ऐतिहासिक तथा पौराणीक पहिचानलाई संरक्षण तथा सम्बद्र्धन गर्दै निर्माण गर्न लागिएको हो । वालवालिका, वृद्धवृद्धा तथा युवा युवातीमैत्री बनाइने लक्ष्यका साथ निर्माण शुभारम्भ गरिएको पार्क निर्माणमा स्रोत, साधन तथा बजेटको अभाव हुन नदिने संघले जनाएको छ ।

निर्माणको शुभारम्भसँगै संघका नेता तथा कार्यकर्ताले उक्त स्थानमा सरसफाई समेत गरेका छन् । त्यस्तै संघले उक्त स्थानमा नै युवा दिवशको अवसरमा मैनवक्ति बाली दिप प्रज्वलन समेत गरेको छ ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले युवा संघका नेता तथा कार्यकर्ता मुलुकको विकास र समृद्धिको मेरुदण्डको रुपमा स्थापित भएको बताउनुभयो । विगतमा अधिकार स्थापनाको लागि सडक आन्दोलनको नेतृत्वकर्ताको रुपमा पहिचान बनाएको संघले हाल आएर राज्यलाई श्रमबाट समेत सहयोग गरी उदाहरणीय कार्य शुभारम्भ गरेको बतानुभयो ।

श्रम र सीपलाई नेपाली माटोमा प्रयोग गर्नुपर्ने नेकपा एमाले नेतृत्वको सरकारले ल्याएको अभियानमा संघले महत्वपूर्ण भूमिका खेल्दै अगाडी बढेको उल्लेख गर्दै नेता बस्नेतले अबका दिनमा संघले आधुनिक तरिकाबाट श्रमलाई उद्योगमा रुपान्तरण गरी युवाहरु उद्योगमन्त्री बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा संघले बुटवलको महाधिवेशन संघका युावहरुले आफ्नो पेशा राजनीति लेख्न पाइने छैन । तपाईहरु कुनै पनि व्यवसाय गर्नुपर्छ, उद्योग खोल्नुपर्छ, उत्पादनको काम गर्नुपर्छ । अब सरकारलाई सरापेर सुख पाउँदैनौं भन्ने कुरालाई अंगिकार गरेको थियो । हिजो सरकारको युवा नीति थिएन तर अहिले युवा नीति, युवा मन्त्रालय, युवा परिषद्, युवा स्वरोजगार कोषलगायत हाम्रो कारणले बनेको छ । त्यसैले अबका दिनमा युवाहरु श्रमसँग जोडिएर उद्योगको रुपमा विकासित हुँदै जानुपर्छ ।’

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले अरवौं रकम घोटलाका काण्डहरु भएता पनि संघले त्यसलाई गलत्याएर ठिक ठाउँमा ल्याएको नेता बस्नेतले दावी गर्नुभयो । अबका दिनमा नीतिको समस्या नभई व्यवहार र कार्यान्वयनको समस्या रहेको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले संघले राज्यको विकास र समृद्धिमा स्वयमसेवकीय भूमिका निर्वाह गरी अगाडी बढेको बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला कमिटी अध्यक्ष हरीकृष्ण व्यञ्जनकारले मणिडोंको ऐतिहासिकताको बारेमा जानकारी गराउँदै अबका दिनमा युवा संघले सार्वजनिक जग्गाहरुको संरक्षण गर्दै विकास र समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । युवा संघको मुलुकको विकास तथा रुपान्तरणको लागि पार्टी कमिटी जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुहँुदै अध्यक्ष व्यञ्जनकारले संघका कार्यकर्ताको उर्जाशिल र लगनशिलताको सदुपयोग गरी मुलुकलाई सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष तथा युवथफोर्स प्रमुख क्षितिज थेवे, उपाध्यक्ष तथा युथफोर्स उपप्रमुख पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा महिला विभाग प्रमुख उर्मिला सुनुवार, महासचिव रमेश आचार्य, उपमहासचिव रामजी सापकोटालगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार २२:४८