२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

जसपाका नेता एवं गाउँपालिका अध्यक्ष शुक्ला बलात्कारकाे आराेपमा पक्राउ

२८ साउन, काठमाडाैँ । रुपन्देहीमा एक महिलालाई बलात्कार गरेकाे आराेपमा एकजना गाउँपालिकाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला छन् । रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हाे । उनी जनता समाजवादी पार्टीका नेता हुन । उनी स्थानीय निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार १८:५६