लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डिसीले दिए राजीनामा
२७ साउन, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामासँगै न्यायाधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् ।
डिसीले संविधानको धारा १६० खण्ड (क) अनुसार मुख्यमन्त्री मार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । शंकर पोखरले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गरिएकाे थियाे ।

प्रकाशित मिति : August 11, 2021 at 3:59 pm





