२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता डिसीले दिए राजीनामा

२७ साउन, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएका छन्  । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामासँगै न्यायाधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् ।

डिसीले संविधानको धारा १६० खण्ड (क) अनुसार मुख्यमन्त्री मार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । शंकर पोखरले मुख्यमन्त्री बनेपछि डिसीलाई न्यायाधिवक्ता नियुक्त गरिएकाे थियाे ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार १५:५९