थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमती
२६ साउन, काठमाडौँ । थ्री स्टार हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । साउन १७ गते कम्पनिले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको बोर्डले जानकारी दिएको छ ।
धित्रोपत्र बोर्डले अनुमती दिएमा स्थानीय बासी र सर्वसाधारणका लागि कम्पनिले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १३:३९