२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

अवाञ्छित गतिविधिमा संलग्न १६० जना पक्राउ

१७ फागुन, काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्याकाबाट अवाञ्छित क्रियाकलापमा संलग्न १६० जनालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा होली पर्वका अवसरमा जबर्जस्ती रङ दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौँबाट १६०, ललितपुरबाट तीन र भक्तपुरबाट चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

साथै ट्राफिक नियम उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाएका अवस्थामा ५२३ मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति : March 1, 2018 at 7:27 pm