१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेबाट आईपिओ निष्काशन गर्ने

६ साउन, काठमाडाैँ । साउन १४ गतेबाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले रहेकाे छ । कम्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आवेदन दिनु पर्ने छ । कम्पनीको उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : July 21, 2021 at 10:48 am