आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
३ साउन, काठमाडाैँ । आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा काराेबार भएको छ।
गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला १३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।
प्रकाशित मिति : July 18, 2021 at 11:58 am









