११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

१ साउन, काठमाडाैँ । राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आज विहानजनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गर्नुभएकाे छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका उहाले आज भट्टराईसँग भेटवार्ता गर्नुभएकाे हाे ।

पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाका साथ जनयुद्ध कालका सहयोद्धा डा. भट्टराई भेट्न विप्लव आज बिहान टोखास्थित भट्टराई निवास पुगेका हुन्। नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताउनुभयाे ।

प्रकाशित मिति : July 16, 2021 at 10:58 am