१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

यूनियन लाइफको आइपीओ बाँडफाँड, ५ लाख ८० हजारले पाए १० कित्ता सेयर


३१ असार, काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) अहिले बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ ईन्द्रेणी बैंङक्वेट बानेश्वरमा बाँडफाँड गरिएको हो । मागभन्दा बढी आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड गर्दा ५ लाख ८० हजार ५ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् भने अरु १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपीओमा २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताको लागि आवेदन परेको हो । क्यापिटलका अनुसार २१ लाख १२ हजार ७९९ जना मात्रै आईपीओ पाउन योग्य रहेको थिए भने ६९ हजार ९७६ जनाको रद्द गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १७:३९