८ मतको ग्यारेन्टी बोकेर देउवासँग मन्त्री माग्न पुगे एमाले सांसद प्रेम आले
३१ असार, काठमाडौँ । सर्वोच्च अदालतको गलत फैसलाको प्रभाव देखिन थालेको छ । अदालतको फैसलाको प्रतिकुल प्रभाव अहिल्यै देखिन थालेपछि कालान्तरमा के होला भन्ने प्रश्न पनि उठेको छ । यो पश्न त्यस्तै उठेको पनि हैन । नेकपा एमालेको सरकार विस्थापित गर्नका लागि सर्वोच्चले असार २८ मा आदेश दिँदा निर्दलीय प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने वा साथ दिने सांसदलाई एमालेले कारबाही गर्न नमिल्ने बताएपछि ।
एमालेले थप क्षति व्यहोर्नुपर्ने देखिएको छ । यसअघि दलको निर्णय विपरित २३ सांसद बोकेर माधवकुमार नेपाल देउवाकोमा पुगेका थिए । अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारका एक मन्त्री नै ८ जना सांसदको ग्यारेन्टी बोकेर मन्त्री माग्न बुढानिलकण्ठ पुगेको खुलेको छ ।
आले केही दिनदेखि माधव नेपालको निवासमा पनि दिनहुँ जस्तो जाने गरेका छन । नेपाल निकटका नेताहरूकै सल्लाहमा आले मन्त्री दिने भए विश्वासको मतका लागि ८ भोट दिन तयार छु भन्दै वुढानिलकण्ठ पुगेको पाइएको छ । आलेले देउवासँग भेटेको बारेमा उनको सचिवालयले समेत पुष्टि गरेको छ ।
यता आले र उनका स्वकीय सचिव हेमन्त रेग्मीले भने फोन उठाएनन् । आलेले ओली सरकारबाट पदमुक्त भए लगत्तैदेखि ओली गुट छोडिदिन्छु भन्दै घुर्क्याउँदै आएका थिए । तीन आले मन्त्री दिने भए एमालेको ओली समूहका ८ सांसदको मत दिलाइदिने ठेक्का बोकेर बुढानिलकण्ठ पुगेका हुन । यस्तो फरक परिवेश सिर्जना गर्ने काम भने सर्वोच्च अदालतले गरेको हो । उसले देउवालाइ मत दिने सांसदलाइ कारबाही गर्न नपाइने आदेश दिएको छ । कारबाही नहुने र मन्त्री पनि हुन पाइन्छ भन्ने भएपछि आले वुढानिलकण्ठ पुगेका हुन ।
काठ व्यापारी आले विवादित छवीका व्यक्ति हुन । उनी डोटीबाट एमाले तर्फबाट सांसदमा निर्वाचित भएका थिए । ओली सरकारका वन मन्त्री आले सात नम्बरको गिएरमा सरकार अङि बढ्छ भन्ने अभिव्यक्तिका कारण पहिलो पटक विवादमा तानिएका थिए ।
प्रकाशित मिति : July 15, 2021 at 2:23 pm









