१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

युनियन लाइफको आईपीओ शुक्रबार बाँडफाँड हुने

३१ असार, काठमाडाैँ । युनियन लाइफ इन्सुरेन्सको आइपीओ साउन १ गते शुक्रबार बाँडफाँड गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ बाँडफाँडका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ र बोर्डबाट अनुमति प्राप्त भएमा शुक्रबार नै बाँडफाँड गर्ने तयारी गरिएको क्यापिटलले जनाएकाे छ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको थियाे । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५.९१ गुणा बढी आवेदन हो ।

प्रकाशित मिति : July 15, 2021 at 1:19 pm