१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउँदै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा 

२८ असार, काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसला दिने तयारी गरको छ । संवैधानिक इजलासका सबै न्यायधीश सर्वोच्च अदालतमा जम्मा भैसक्नुभएको छ । फैसला लेख्ने जिम्मा न्यायाधीश इश्वर खतिवडाले पाउनुभएको छ । सर्वोच्चले फैसला सुनाउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बनाइ पाउँ भनिदिएको रिटसहित दुइ दर्जन रिटमाथि एकै पटक सुनुवाइ गरेर इजलासले फैसला दिन लागेको हो । इजलाशमा प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणा, दीपक कार्की,  मीरा खड्का, इश्वर खतिवडा, आनन्दमोहन भट्टराइ रहनुभएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार १३:१४